काठमाडौँ– श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपालका लागि जापानी राजदूत मासाशी आगोमाबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको सो भेटवार्तामा मन्त्री मन्सुरले नेपाल जापान सम्बन्धको स्मरण गराउँदै नेपाली कामदारलाई व्यवस्थित रुपमा जापान पठाउनका लगि भएको सम्झौता अनुसार नेपाली कामदार जापान गएको अवस्थाबारे उल्लेख गरे । उनले जापानमा नेपाली कामदारहरु जाने इच्छा बढी भएकोले जापान सरकारले नेपाली कामदारहरुका लागि नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी रोजगारीका अवसर प्रदान गराउन राजदूत आगोमासंग आग्रह गरे ।


ADVERTISEMENT

# # #


जवाफमा राजदूत आगोमाले नेपाली कामदारलाई जापान पठाउने कुरालाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले उक्त विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।

भेटवार्तामा मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनाली, वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।