पोखरा। सरकारका काम कारबाहीविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल तरुण दल गण्डकी प्रदेशले पोखरामा शुक्रवार विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


तरुण दलको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश राजधानी पोखरामा विरोध प्रदर्शन गरिएको हो ।


ADVERTISEMENT

# # #


सडक आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सरकारको अधिनायकवादी चरित्रको विरोध गरेको छ ।

आन्दोलनमा तरुण दलले सरकारले महंगी वृद्धि गरेको, बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गरेको, डा. गोविन्द केसी अनशन बसेपनि दुईतिहाइ भरमा चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

पोखराको मानवअधिकार चोक चिप्लेढुंगाबाट शुरू जुलुस पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हक अधिकारप्रति जिम्मेवार नभएको भन्दै आगामी दिनमा सडक तताउने चेतावनी दिए । सरकारले दुईतिहाइ भरमा संविधानविपरीत अघि बढेको आरोप लगाए ।

सभामा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महंगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए ।

तरुणको विरोध प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । कार्यक्रम भव्य बनाउन प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ता पोखरा उतारिएका थिए ।