काठमाडौं । नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिस्टहरु जन विरोधी कार्यमा उद्धत भएकाले समाजमा अमन चयन कायम हुन नसकेको वताएका छन । आज नेविसंघले काठमाण्डौंमा गरेको विरोध सभामा वोल्दै अध्यक्ष महरले विश्ववाट हराउदै गएको सर्वसत्तावादी कम्युनिस्ट व्यवस्था नेपालमा भने झुटको खेती गरेर स्थापित भएकाले कम्युनिस्टहरु ए क्लासका र अरु सवै वी क्लासका जस्तै गरेर जनता प्रति कम्युनिस्ट सरकारले भेदभाव शुरु गरेकाले नेविसंघले सर्वसत्तावाद अन्त्य गर्न देशव्यापी आन्दोलन गर्नुको विकल्प नभएको कुरा वताएका छन ।


ADVERTISEMENT


सरकारले संसदीय मार्यादा नाघेर काँग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक विस्तापित गरि माफिया पोस्ने विधेयक पास गरेको भन्दै नेविसंघ लगायत काँग्रेसका भातृ संगठनले देशै भरि आन्दोलन चर्काउने संघकी सहमहामन्त्री अम्बिका चलाउनेले वताईन ।


ADVERTISEMENT

# # #


नेविसंघ निर्मला पन्त वलात्कार हत्याका घटनामा सरकार किन चुप ? लगायतका विभिन्न प्रश्न गर्दै सडक आन्दोलनमा छ ।

सरकारलाई नेविसंघले  १६ प्रश्न सोधेको छ ।

– नेपाली कांग्रेसको सरकारले र डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो ?

– निर्मलाका हत्यारालाई सरकारको संरक्षण किन ?

– ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ

– वाइडबडी घोटालाका दोषीको संरक्षण किन ?

– पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छ ?

– दैनिक उपभोग्य बस्तुमा ३००५ भन्दा बढी मूल्य बृद्धि किन ?

– चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छ ?

– कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन ?

– राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किन ?

– यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौं ?

– प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन ?

– नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएन ?

– शिक्षामा २०५ बजेटको ब्यवस्था किन भएन ?

– माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छ ?

–विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएन ?

– स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैन ?