काठमाडौं । विश्व आर्थिक मञ्च २२–२५ जनवरी २०१९ को ४९ औँ बैठकमा नेपालका लागि ‘सबै भनेको तर केही नभनेको’ जस्तो भइदियो।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाको राजनीतिक दृष्टिकोण’ सत्रमा विदेशी लगानीकर्ताका लागि नेपाल सम्भावनाको आकर्षक देश भएको प्रशस्त शब्द खर्चिए।


ADVERTISEMENT

# # #


तर, त्यसमा लगानीको ठोस, एकीकृत आधार र क्षेत्र प्रस्ट्याउन सकेनन्।

यसले महत्वपूर्ण थलोमा कमजोर उपस्थितिको संकेत मात्र गराउँदैन, मञ्चमा सहभागी सरकारी टोली जति हौसिए पनि तयारीमा चुकेको पुष्टि हुन्छ।

बास्तवमा यो मञ्चमा चौथो औधोगिक क्रान्तिमाथि बहस हुँदै थियो, जुन बहस विकासोन्मुख देशको समावेशी विकासमा केन्द्रीत थियो।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मञ्चमा लगानीका लागि आकर्षक क्षेत्र कुन कुन हुन् भनेर प्रधानमन्त्री भन्न नसकेको बताए।

पर्यटन, कृषि, जलश्रोत लगायतका आकर्षक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुपर्नेमा प्रधानमन्त्रीले भन्न नसकेको उनको भनाई छ।