काठमाडौं । बर्नलेको पोस्टमा पाँच गोल वर्षाउँदै म्यानचेस्टर सिटी इंग्लिस एफए कपको पाँचौं चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा दोस्रो हाफमा चार गोल गरेपछि सिटीले ५–० को जित निकाल्यो ।


ADVERTISEMENT


पहिलो हाफको मध्यमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । मातेज भिद्राले एउटा राम्रो मौका गुमाएपछि जेससको सोही गोलको अग्रता सिटीले पहिलो हाफ भरी जोगाउन सक्यो । ५२औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे । ६१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेपछि सिटीले अग्रता ३–० मा लम्ब्यायो ।


ADVERTISEMENT

# # #


७३औं मिनेटमा केभिन लंगको आत्मघाती गोल र सर्जियो एग्युरोको पेनाल्टी गोलको कारण सिटीले इथियाड स्टेभिजममा शानदार जित निकाल्यो ।

न्यूक्यासल युनाइटेड भने वाट्फोर्डसँग २–० ले पराजित भएको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा वाट्फोर्डका लागि एन्द्रे ग्रे र आइज्याक सक्सेसले दोस्रो हाफमा गोल गरेका थिए ।

प्रिमियर लिगको आठौंल स्थानमा रहेको उल्भरह्याम्प्टन भने तेस्रो डिभिजनको १८औं स्थानमा रहेको श्रेसबरी टाउनसँग २–२ गोलको बराबरीमा रोकियो । श्रेसबरीको मैदानमा घरेलु टिमले लिएको दुई गोलको अग्रतामा अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि उल्भ्स जोगिएको थियो ।

ब्राइटन र वेष्टब्रमबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।