काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बोरुसिया डोर्टमण्ड विजयी भएको छ । हानोभरलाई ५–१ ले हराउँदै डोर्टमण्डले जर्मन शीर्ष डिभिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।


ADVERTISEMENT


अच्राफ हाकिमीले २४औं मिनेटमा डोर्टमण्डलाई दिलाएको अग्रता पहिलो हाफमा कायम रह्यो ।


ADVERTISEMENT

# # #


६०औं मिनेटमा मार्को रियुस, ६२औं मिनेटमा मारियो गोट्जे, ६७औं मिनेटमा राफेल गुर्रेरोले गोल गरेपछि डोर्टमण्डले चार गोलको अग्रता लिएको थियो ।

एक्सेल विट्सलले ९०औं मिनेटमा डोर्टमण्डका लागि पाँचौं गोल गर्नुपूर्व बाकालोर्जले ८६औं मिनेटमा हानोभरका लागि सान्त्वना गोल गरेका थिए ।

डोर्टमण्डले ४८ अंक बनाएको छ । हानोभर भने रेलिगेसन जोनमा छ ।

दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकले पनि जित हात पारेको छ । उसले आफ्नो मैदानमा अग्सबर्गलाई २–० ले हरायो । मोन्चेनग्लाडबाकको ३९ अंक भएको छ ।