काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्याथी संघले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।


ADVERTISEMENT


चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघले आइतबार बिहान त्रिचन्द्र कलेज अगाडि र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै नेविसंघले निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ । विरोध गरिरहेका नेविसंघका पवन थापा, सन्तोष गुरुङ, उत्तम पाठक, किरण भट्टराईलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बालाजु वृत्तमा राखेको छ।