काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोसको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ।


ADVERTISEMENT


सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तीलाई नोटिसमा लिएको भन्दै अमेरिकी दूताबासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारण प्रष्ट पार्न आग्रह गरेको छ।


ADVERTISEMENT

# # #


‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूताबासका एक अधिकारीले भने।

दाहालले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ती जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रको कदमको विरोध गरेका थिए।

भारत, चीन, रुस, टर्की लगायतका देशले पनि अमेरिका र उसका पक्षधर राष्ट्रको विरोध गरेका छन्।

‘कुनै देशले पनि अर्को देशप्रति हस्तक्षेप गर्नुहुन्न भन्ने हाम्रो पार्टीको नीति हो, त्यही नीतिमा आधारित भएर अध्यक्षको वक्तव्य जारी भएको हो,’ नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने।

एउटा पार्टीको अध्यक्षले जारी गरेको वक्तव्यलाई लिएर कुनै प्रश्न आवश्यक नरहेको उनले बताए।