काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे ।


ADVERTISEMENT


नवौं मिनेटमा नै नेल्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।


ADVERTISEMENT

# # #


खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ ।