काठमाडौं । अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपारिँदा गुरणस्तर कायम गर्न नसकिएको उनीहरुको भनाइ छ । सम्बन्धित विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नसक्ने प्रस्ट पारेका छन् ।


ADVERTISEMENT


भर्खरै प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयकमा मनसायपत्र पाइसकेका र पूर्वाधार पूरा गरेका उपत्यकाबाहिरका कलेललाई सम्बन्धन दिने उल्लेख छ । आफूसँगको सम्झौताविपरित यस्तो प्रावधान राखिएपछि डा. गोविन्द केसी २० दिनदेखि आमरण अनशनमा छन् ।


ADVERTISEMENT

# # #