काठमाडौं ।  पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


भारी वर्षा भइरहेका बेला एक्कासी पहिरो खसेको अधिकारीहरुले जनाएका छन् । होटलमा अन्य एक सय जना अतिथिसमेत रहेको बताइएको छ ।(एजेन्सी)