काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्धि भएको बताएका छन् ।


ADVERTISEMENT


मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गरे। ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भने, ‘विधेयकमा कमीकमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’


ADVERTISEMENT

# # #


चिकित्सा विधेयकमा डा। गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उनीसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पारे ।