काठमाडौं । प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा पेश हुने भएको छ। विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा विधेयक पेश गर्ने तयारी गरेको हो।


ADVERTISEMENT


सोबार विहान ११ बजे बस्ने बैठकमा विधेयकलाई कार्यसूचीको पहिलो नम्बरमै राखिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल गरिने संसद सचिवालयले जनाएको छ।


ADVERTISEMENT

# # #


शुक्रबारको प्रतिनिधिसभा बैठकबाट कांग्रेसको विरोध र नाराबाजीका बाबजुद विधेयक पारित भएको थियो। प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कार्यान्वयनमा आउने व्यवस्था छ।

सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गर्ने कांग्रेसले तयारी गरेको छ। पार्टीका पूर्वसभापतिको नाममा रहेका अस्पतालहरू केन्द्र मातहत सञ्चालनको निर्णय गरेर जानकारी नगराएसम्म बैठक चल्न नदिइने राष्ट्रिय सभाकी सांसद सरिता प्रसाइले जानकारी दिइन्।

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयकसँगै ‘भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने र प्रस्ताव माथि सामान्य छलफल हुनेछ।

यस्तै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी सामान्य छलफल हुने, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।