काठमाडौं । भारतले ‘कलामसत–भी२’ नामक विश्वकै सबैभन्दा हलुको स्याटलाइट लन्च गरेको छ । केबल १.२६ किलो तौल भएको उक्त स्याटलाइट अन्तरिक्ष शिक्षा उद्योगकका विद्यार्थीहरुले तयार गरेका हुन् । यसले सुरुवाती रेडियो अपरेटरहरुलाई क्षमता वृद्धिमा मद्दत गर्ने र स्कुलका विद्यार्थीहरुलाई पनि भविष्यमा इन्जिनियरिङ र वैज्ञानिक बन्न प्रेरणा दिने भारतीय स्पेस एजेन्सीले बताएको हो ।


ADVERTISEMENT


भारतको अन्तरिक्ष अनुसन्धान संगठन, आएसआरओले सो स्याटलाइट श्रीहरिकोटा स्पेस सेन्टरबाट लन्च गरिएको बताएको छ । संघका प्रमुख के सिभानका अनुसार पृथ्वी बाहिर लन्च हुने यो आजसम्मकै सबैभन्दा हलुको स्याटलाइट हो । यसलाई सुरुवाती रेडियो ट्रान्समिसनका निम्ति संचार उपग्रहका रुपमा काम गर्न व्यवस्थित गरिएको छ भने गैर व्यवसायिक गतिविधिमा प्रयोग गरिने वायरलेस संचारमा पनि उपयोग हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसका साथै यो भारतको निजी फर्मले निर्माण गरि आइएसआरओले लन्च गरेको पहिलो स्याटलाइट भएको पनि बतााइएको छ । शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले स्पेस एजेन्सी र सबै विद्यार्थीहरुलाई सफलतापूर्वक लन्च गरेकामा सबैभन्दा पहिले शुभकामना दिएका हुन् । यसअघि पनि तिनै विद्यार्थीहरुले अझ हलुको केबल ६४ ग्रामको स्याटलाइट नासाको बेसबाट चार घण्टे लामो मिसनका लागि लन्च गरेका थिए तर सो स्याटलाइट अन्तरिक्षसम्म पुग्न सकेन ।

कलामसत–भी२ चेन्नाइस्थित स्पेस एजुकेसन फर्म, स्पेस किड्ज इन्डियाका विद्यार्थीहरुले निर्माण गरेका हुन् । स्पेस किड्जका प्रमुख श्रमथि केसनले भारतीय टेलिभिजन प्रशारक एनडिटिभीसँग कुरा गर्दै सो स्याटलाइट बनाउन ६ दिन लागेको र करिब १२ लाख भारतीय रुपैँया खर्च भएको बताएका छन् । हालसम्म भारतीय विद्यार्थीहरुले निर्माण गरेका नौवटा स्याटलाइटले अन्तरिक्षमा स्थान पाएका छन् ।

यसका साथै भारतीय स्पेस एजेन्सीले लन्च भइसकेपछिका रकेट स्टेज पनि पहिलोपटक पुनः प्रयोग गर्ने बताएको छ । रकेटहरु सजिलै विभाजित गर्न मिल्ने हुँदा यसका विभिन्न धातुजन्य पूर्जा अन्तरिक्षमै रहने गरेका छन् । यसरी पृथ्वीको अर्बिटमा वर्षौँ पुराना रकेटका अवशेष देखि अन्तरिक्षयात्रीहरुले दुर्घटनावश छाडेका वस्तुहरु घुमिरहेका छन् । यस्ता वस्तुहरुसँग ठोकिएमा ठूलो क्षति पुग्न सक्ने हुनाले नै एजेन्सीले काम नलाग्ने वस्तुहरुको सदुपयोग गर्ने प्रयास गर्ने बताएको हो । बीबीसी