काँकडभिट्टा, झापा– कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ ।


ADVERTISEMENT


आज आएको मतपरिणाम अनुसार नेकपा (एमाल)का अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र काँग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ ।


ADVERTISEMENT

# # #


एमालेकी काफ्ले र काँग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ । उनले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताए