काठमाडौँ– युएईले दिएको २५५ रनको चुनौति पच्छ्याइरहेको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ५० बलमा ५० रन पूरा गरेका हुन् ।
यसक्रममा उनले ८ वटा चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT


यससंगै नेपालले सय रन पूरा गरेको छ । नेपालले २१ ओभरमा समाप्तीमा ३ विकेट गुमाएर १०६ रन बनाएको हो । नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । विनादले १७ बलमा ९ रन हानेका थिए । पहिलो विकेट नेपालको ४.३ ओभरमा १९ रन बनाउँदा गएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भए । ज्ञानेन्द्रले पारस खड्कासंग १०।१ ओभरमा ६२ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३५ बलमा ३१ रन बनाउँदा चार चौका प्रहार गरे ।

यता चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट ।

नेपालका लागि अहिले पारस खड्का र सन्दीप जोराले क्रिज सम्हालिरकेका छन् । ताजा अवस्थामा नेपालले २३ ओभरमा ३ विकेट गुमाएर ११५ रन बनाएको छ ।

पारस खड्का ५४ र सन्दीप जोरा १३ रनमा खेलिरहेका छन् ।

पहिलो एकदिवसीय श्रङ्खला जित्नका लागि नेपाललाई आज जितको विकल्प छैन । ३ खेलको श्रङ्खलामा यसअघि भएका २ खेलमा एक युएई र एक नपालले जितेका छन् ।