काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो हाताभित्र अनसन, धर्ना र बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सोमबार विज्ञप्ति जारी गर्दै अस्पताल हाता भित्र अनसन, धर्ना र बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


विरामीको उपचारमा असर पर्ने कुनै पनि गतिबिधि नगर्न अस्पताल प्रशासनले अनसनरत डा. गोबिन्द केसी र चिकित्सकहरुलाई आग्रह गरेको हो ।

डा. गोविन्द केसीको अनसन र उनको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनसन बसेपछि अस्पताल प्रशासनले ऐन कानुनले नै त्यसो गर्नु गैरकानूनी हुने सम्झाउँदै यस्ता गतिविधि नगर्न भनेको हो । अस्पताल प्रशासनले डा. केसीलाई आस्पताल हातामा अनसन नबस्न र चिकित्सक संघका कार्यक्रम समेत अस्पताल हातामा नगर्न आग्रह गरेको छ ।

चिकित्सा सुधारको माग गर्दै अनसन बसेपछि डा. केसीको अनसनका कारण अस्पतालमा बिमारीहरुको बिचल्ली बनिरहेको छ । अस्पताल हाता भित्र अनसन र हड्ताल चलिरहँदा सर्वसाधारण र बिमारीहरुको पीडा गौण बन्न पुगेको छ ।

यो हेर्नुहोस् बिज्ञप्ति :