काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले सरकार मुलुकलाई कुरुप बनाएर अन्तर्राष्ट्रिय कम्युनिष्ट साम्राज्यवादको सपना देखिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


उनले भेनेजुएलामा जारी राजनीतिक परिस्थितिका बारेमा वक्तव्यबाजी गरेर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति विपरित काम गरेको बताए ।


ADVERTISEMENT

# # #


अस्कल नेविसंघले सोमबार सरकारविरुद्ध आयोजना गरेको विरोध र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष महरले प्रचण्डको पछिल्लो कदम देशको समृद्धिमा बाधक हुने पनि बताए । उनले सत्तारुढ दलका अध्यक्ष प्रचण्डलाई नेपालको असंलग्न परराष्ट्र नीति सम्झिन पनि सुझाव दिए ।

आफ्नो देशमा हत्याहिंसा बलात्कार भ्रष्टाचारमा संलग्नहरुलाई संरक्षण दिएर शान्तिपूर्ण प्रदर्शनमाथि लाठी बर्साउने, विद्यार्थीलाई जेल हाल्ने काममा संलग्न कम्युनिष्टहरुले स्ववियु चुनाव भाँड्न खोजिरहेको उनको आरोप थियो ।