काठमाडौँ – नेपालले पहिलो पटक ऐतिहासिक एक दिवसीय क्रिकेट सिरिज जितेको छ । नेपालले आफूले खेलेको दोस्रो एक दिवसीय श्रृङ्खलामा नै सिरिज जितेको हो ।


ADVERTISEMENT


युनाइटेड अरब इमिरेट्स (युएई) संगको ३ खेलको एकदिवसीय श्रृङ्खला २-१ ले समाप्त गर्दै सोमबार ऐतिहासिक उपलब्धी हासिल गरेको हो । यसअघि भएका दुई खेलमध्ये ११ को बराबरी गरेको नेपालले अन्तिम खेल जितेर ऐतिहास रच्यो ।


ADVERTISEMENT

# # #


सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई १४५ रनको भारी अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका रोहित कुमार पोडेलले क्रिकेटका हस्ती भारतीय पूर्व कप्तान सचिन तेन्दुल्कर र पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान शाहीद अफ्रिदीको रेकर्ड तोडेका थिए । उनी एक दिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी बने । उनले १६ वर्ष १४६ दिनमा नै अर्धशतक प्रहार गरेका थिए ।

दुबईस्थित आइसीसी ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनायो । युएईले दिएको २५५ रनको चुनौति नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतीमा भेट्टयो ।

नेपालको जितका लागि कप्तान पारस खड्काले ऐतिहासिक शतक प्रहार गरे । नेपालका लागि पहिलो एक दिवसीय शतक हानेका उनले ११५ रन जोडेका थिए । उनले दोस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसंग मिलेर ६२ तथा रोहित पौडेलसंग पाचौँ विकेटका लागि ५४ रनको लामो साझेदारी गरेपछि जितको आधार तय भयो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । विनादले १७ बलमा ९ रन हानेका थिए । पहिलो विकेट नेपालको ४.३ ओभरमा १९ रन बनाउँदा गएको थियो । त्यसपछि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भए । ज्ञानेन्द्रले पारस खड्कासंग १.१ ओभरमा ६२ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३५ बलमा ३१ रन बनाउँदा चार चौका प्रहार गरे ।

यता चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने आक्रामक पारी खेल्ने प्रयास गरेका ‘डेब्यूब्वाई’ सन्दीप जोराले १ छक्का र १ चौकाको मदतमा २० बलमा १९ रन जोडे । यस्तै यसअघि कीर्तिमान कायम गरेका रोहित पौडेलले १६ रन जोडे ।

यता आरिफ सेख र आरिफ शेख र सोमपाल काम अविजित रहेर टिमलाई ऐतिहासिक जित दिलाएर मैदान बाहिरिए । आशिफले २४ बलमा २ चौकाको मदतमा २१ रन बनाए भने २५ बलमा २६ रन जोडे । यसक्रममा उनले ३ चौका र एक विजयी छक्का ठोके ।

इमरान हैदर र अस्फक अहमेदले समान २/२ तथा मोहम्मद नाभिद र कादिर अहमेदले समान १/१ विकेट लिए ।

यसअघि युएईका लागि सैमन अनवारले ८७ रन बनाए । उनले ७० बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै सातौँ नम्बरमा आएका मोहम्मद बूटाले पनि आक्रामक इनिङ खेले । ५९ रनमा अविजित रहेका बुटाले ३१ बलमा ५ चौका र ४ छक्का ठोके । यस्तै सीपी रिजवानले ४५, मोहम्मद उस्मान २६ र गुलम सब्बीरले १८ रन बनाउँदा कप्तान मोहम्मद नाभिदले ३ बलमा ११ रन हाने ।

एक समय खातामा शून्य रन हुँदा २ विकेट गुमाएको युएईले ५० रन नपुग्दै चार विकेट गुमाइसकेको थियो। त्यसपछि सिपी रिजवानसँग मिलेर साइमनले युएईको स्कोर २ सय रन कटाएका थिए।

नेपालका लागि करण केसी र पारस खड्काले समान २/२ विकेट लिए । सोमपाल कामी र सन्दस्प लामिछानेले समान १/१ विकेट लिए ।

सुरुवातमा कसिलो बलिङ गरेपनि नेपालले अन्तिममा खराब खेल्यो । सुरुवाती पावर प्लेको १० ओभरमा नेपालले १४ रनमात्र दिएर २ विकेट लिएको थियो । तर, अन्तिम १० ओभरमा १ विकेट लिँदा १२० रन खर्चिन पुग्यो । कुनैबेला ३४ ओभरमा ४ विकेटको क्षतीमा १०० पूरा गरेको युएईले बाँकी १६ ओभरमा २ विकेट गुमाएर १५४ रनको विशाल योगफल जोड्न सफल भयो ।

अन्तिम १८ बलमा मात्रै यएईले ५५ रनको आक्रमक पारी खेल्यो । ४८ औँ ओभर लिएर आएका करण केसीले उक्त ओभरमा १३ रन खर्चिए । यस्तै ४९ औँ ओभरमा कप्तान पारस खड्काले १९ खर्चिएर १ विकेट लिए र इनिङको अन्तिम ओभरमा सोमपाल कामी निकै महंगो साबित भए । उनले त्यस ओभरमा २३ रन दिए ।