काठमाडौं । डा. गोविन्द केसीको पक्षमा केही चिकित्सकहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनसन सुरू गरेका छन् । दवावका लागि अनसन भनिए पनि देखावटी र नाटकीय देखिएको भन्दै यस्को चर्को बिरोध भएको छ ।


ADVERTISEMENT


‘बिहान खाना खाएर आउने, अनि बेलुका भात खान घरै पुग्ने पनि अनसन हुन्छ ?’ सामाजिक सञ्जालमा आक्रोस पोखिएको छ ‘अस्पतालमा बिमारीहरुलाई बिचल्लि बनाएर बिहान बेलुका भात खाएर अनसनको नाटक देखाउनेलाई राम राम मात्रै भन्न सकिन्छ, काँध थाम्न सकिन्न ।’


ADVERTISEMENT

# # #


बिहान बेलुका भात खाएर दिउँसो १० बजे देखि ५ बजे सम्म नाटकीय प्रदर्शन गर्नुले अनसनकै ईज्जत माथि प्रहार गरिएको भन्दै चौतर्फी बिरोध छाएको छ ।

अनसन बस्ने निर्णय लिएसंगै चिकित्सक संघ समेत यस्को बिरोधमा बिभाजित भएको छ । डा. केसी र चिकित्सकहरुको अनसनका कारण अस्पतालमा बिमारीहरुको बिचल्लि भएको र यो कदम गैरकानूनी समेत भन्दै शिक्षण अस्पताल प्रशासनले बिज्ञप्ति जारी गर्दै तत्काल अस्पतालबाट अनसन हटाउन आग्रह समेत गरेको छ ।