धादिङ । बस्तीभन्दा तल आधा घन्टाको दूरीमा रहेको ओडार भत्किँदा दुई भेडी गोठाला आइतबार बिहानदेखि थुनिएका छन्।


ADVERTISEMENT


धादिङको उत्तरी भेग रुबीभ्याली ४ हिन्दुङमा रहेको ओडारको मुख बिहान ४ बजे पहिरोले भत्किएपछि ४२ वर्षीय नुर्बु तामाङ र उनका ८ वर्षीय साला धनबहादुर थुनिएका हुन्।


ADVERTISEMENT

# # #


ओडार थुनेका दुई ढुंगा हटाउन नसक्दा उनीहरुको अबस्था अज्ञात छ।

गत बिहीबारदेखिको हिमपातले गुम्बाखर्कमा रहेको गोठक्षेत्र हिउँले पुरिएपछि नयाँ चरणको खोजीमा उनीहरु शनिबार साँझ पाँच सय मिटर तलको ओडारमा सरेका थिए।

नुर्बु र धनबहादुर सुतिरहेकै अबस्थामा ओडारको मुखमा चट्टान खसेको थियो। स्थानीयबासी लाम्चो आकारको ओडारको मुखमा मात्रै ठूला ढुंगा खसेकोले मान्छे सुत्ने स्थानसम्म ढुंगा नपुग्ने बताउँछन्।

स्थानीयले ढुंगा भित्रसम्म नपुगेकाले दुबैजना सकुशल रहेको अनुमान गरेका छन्। त्यही अनुमानका आधारमा उनीहरुलाई जीवित फेला पार्ने आशमा आफन्त र स्थानीय छन्। उद्धार टोलीले भाइब्रेसन गरी ढुंगा खसाल्ने र भित्र अक्सिजन पठाउन दुलो बनाउने काम गरिरहेको छ।

ओडारमा थुनिएका नुर्बु त्यस क्षेत्रकै सबैभन्दा धेरै भेडाबाख्रा पाल्ने किसान हुन्।