काठमाडौं । अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


हुवाई कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो ।

त्यसबेला उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विरुद्ध काम गरेको आरोप लगाइएको थियो । यो घटनाले चीन, क्यानडा र अमेरिकाबीचको सम्बन्ध चिसिएको थियो ।

क्यानडाले चीनका लागि आफ्ना राजदूतलाई बर्खास्त गरेको भोलिपल्टै अमेरिकाले हुवाई र मेङ्माथि मुद्धा दायर गरेको हो ।

हुवाई कम्पनी र मेङ्ले भने आरोप अस्वीकार गरेका छन् । तर अमेरिकाले भने हुवाई कम्पनीविरुद्ध विभिन्न २३ वटा आरोप लगाएको छ ।(एजेन्सी)