काठमाडौं । केही दिनदेखि मौसममा देखिएको बदली आज (मंगलबार) पनि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


ADVERTISEMENT


मौसमविद सुजन सुवेदीका अनुसार मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने पूर्वी पहाडी र मध्य क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मंगललबार उच्च पहाडी भूभागका केही स्थानमा सामान्य हिमपात हुने भएपनि बाक्लो हिमपातको सम्भावना नदेखिएको मौसमविद सुवेदीको भनाई छ ।
काठमाडौँ उपत्यकामा दिउँसो केहीबेर घाम लाग्ने सम्भावना रहेको उनले बताए । काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ देखि २० को बीचमा रहने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बुधबार देखि मौसममा थप बदली हुने र पानी पर्ने सम्भावना देखिएको मौसमविदहरुले बताएका छन् । पश्चिमी वायुको प्रभाव देशका पश्चिमी भेगमा बढी पर्ने मौसमविद सुवेदीले बताए ।