काठमाडौं । कुनै पनि धमनीमा शतप्रतिशत अबरोध भई मुटुको मांसपवेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयघात हो।


ADVERTISEMENT


मुटुको देब्रेतिरको मुख्य धमनीमा अबरोध भएमा सो हृदयघात प्राणघातक पनि हुन सक्छ।


ADVERTISEMENT

# # #


जीवनशैली र खानपानका कारण आजभोली सबै उमेरका मानिसमा हृदयघातको जोखिम बढ्दो छ।

एक्लै भएको अबस्था वा अस्पतालको पहुँचबाट टाढा भएको बेला हृदयघात भएमा जोखिम उच्च हुन्छ।

छोटो सयमा अस्पताल पुर्याउनु पर्ने हुन्छ। यस्तो बेलामा बिरामीलाई धेरै गाह्रो हुन्छ। तसर्थ बिरामीसँगै सबैले संयमता अपनाउनु पर्छ।

अचानक बायाँ छाती दुख्यो र दुखाई बढ्दै गएर पाखुरा हुँदै बंगारासम्म पुग्यो भने हृदयघात भएको भन्ने थाहा पाउनुपर्छ।

करिब १० सेकेन्ड मात्र यस्तो हुन्छ। यस्तो अबस्थामा नआत्तिकन यथास्थानमै बस्नुपर्छ।

बिस्तारै नाकमो दुबै प्वालबाट लामो र गहिरो श्वास लिनुपर्छ। अनि जोडले आबाज निकाल्दै पेट हल्लिने गरी खोक्नुपर्छ।

चिकित्सककहाँ नपुगुन्जेलसम्म गहिरो श्वास लिने र खोक्ने गरिरहेमा ज्यान जोगिने सम्भावना अधिक हुन्छ।