काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांस भूभागमा बुधबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भूभागमा आशिंक बदली रहने मौसमविदले बताएका छन् ।


ADVERTISEMENT


पश्चिमी पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । पश्चिमी भेगका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।


ADVERTISEMENT

# # #


बुधबार राति पनि मौसममा सामान्य बदली नै रहने छ । पश्चिमी र मध्य भेगका थोरै स्थानहरुमा राति हल्का वर्षा हुन सक्ने र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।