काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्। सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

बैँकले मुलुकभर ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।