चरिकोट – श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।


ADVERTISEMENT


श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मङ्गलबारमात्र अदालत पेश गरिएको थियो ।


ADVERTISEMENT

# # #


अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो ।