काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ।


ADVERTISEMENT


विशेषले बलको बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल मिश्र, इन्स्पेक्टर चित्रबहादुर केसी, हवल्दार नयनबहादुर ओली र ठेकेदार राजु रावललाई सजाय तोकेको हो।


ADVERTISEMENT

# # #


विशेषका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू रत्नबहादुर बागचन्द र चण्डिराज ढकालको इजलासले एसएसपी मिश्र र इन्स्पेक्टर केसीलाई ६३ लाख १६ हजार बिगो र त्यति नै जरिवाना हुने फैसला गरेको छ। उनीहरूलाई एक/एक वर्ष कैद सजाय तोकिएको छ।

ठेकेदार राजु रावललाई एक करोड २६ लाख बिगो र त्यति नै जरिवाना गर्ने निर्णय भएको छ। हवल्दार ओलीलाई ३१ लाख ५८ हजार बिगो र त्यति नै जरिवाना तोकिएको छ। उनीहरूमाथि ६ महिनाका दरले कैद सजाय हुनेछ।

काँडेतार खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २०७३ साल भदौ ६ गते एसएसपी मिश्रसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।