काठमाडौं । उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको उत्तर कोरियाका लागि विशेष दूतले बताएका छन् ।


ADVERTISEMENT


विशेष दूत स्टिफन बिएगुनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता बढाउने सबै सामग्री नष्ट गर्न सहमत भएको बताएका हुन् । विशेष दूत बिएगुनले परमाणु निशस्त्रिकरणको प्रक्रियाका बारेमा छलफल गर्न चाहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


परमाणु निशस्त्रिकरणका लागि उत्तर कोरियाको परमाणु तथा हतियारको क्षमताका बारेमा जानकारी हुनु पर्ने उनको भनाई छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशले परमाणु निशस्त्रिकरण र सम्बन्ध विकासको विषयमा उत्कृष्ट प्रगति भएको बताएका छन् ।

ओभल कार्यालयमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ताको समय र स्थान चाँडै जानकारी गराउने बताए । ट्रम्प र किमबिच वार्ताको तयारी छ । दुई नेताबिच गएको वर्ष सिंगापुरमा पहिलो भेट भएको थियो ।