काठमाडौँ– युएईमा जारी युएईसंगको टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि दुबै विकेट सोमपाल कामीले दिलाएका हुन् ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले दुबई विकेट गुमाएको छ । नेपाल अहिले बलिङ गरिरहेको छ ।


ADVERTISEMENT

# # #


सोमपालले नेपालई पशिलो विकेट दिलाउने क्रममा अस्फक अहमेदलाई ४ रनमा आउट पारे । उनले अस्फाकलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । यस्तै दोस्रो विकेट पनि सोमपालले नै दिलाए । उनले गुलम सब्बीरलाई ६ रनमा पेवेलियनको बाटो देखाए ।

सब्बीरलाई विकेटकिपर प्रदीप ऐरीले क्याचआउट गरे । हिजो भएको पहिलो खेलमा २१ रनको हार ब्यहोरेको नेपाल आज जित निकालेर श्रृंखलामा आफ्नो सम्भावना कायमै राख्न चाहन्छ ।