कावासोती– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताएका छन्। नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशालामा बोल्दै उनले पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिने बताए।


ADVERTISEMENT


उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक विकासका लागि सहज हुने हिसाबले ऐन र कानूनहरु बनाउन लागिरहेको बताए । नेपालमा प्राकृतिक हिसाबले अनगिन्ती गन्तव्य रहेको बताउँदै उनले आर्थिक विकासका लागि पर्यटनसँगै कृषि, जलस्रोत र उद्योगको विकास नै प्रमुख रहेको उल्लेख गरे पर्यटनको विकासमा घरबासले ठूलो सहयोग पुर्याएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


“पर्यटन रमाइलो गर्ने मात्र होइन, रोजगारी र स्वरोजगार बनाउने पनि हो”, उपप्रधानमन्त्री पोखरेलले भने, “त्यो काम सामुदायिक होमस्टेले गरेका छन् । उनले घरबासको प्रवद्र्धनका लागि नीति बदल्न परे पनि सङ्घीय सरकार तयार रहेको बताए ।

तीन दिनसम्म चल्ने कार्यशालामा देशभरका घरबास सेवाको गुणस्तरीयतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास बजारीकरण एवं हकहितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण तथा शहरी पर्यटन विकास कसरी गर्नेतर्फ समेत सम्मेलन केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा देशैभरि रहेका करीब २५० घरबासका प्रतिनिधिको सहभागिता रहेको छ । सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरीबी निवारण गर्न, पर्या–पर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न र दिगो जीविकोपार्जनका लागि घरबासले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।