काठमाडौं– लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


ADVERTISEMENT


बैठकमा एकीकरणका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल हुने समेत उनले बताए । स्थायी कमिटी बैठक बसेको झण्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म चलेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउनका लागि ९ सदस्यीयक कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलभित्रै विवाद भएपछि एकीकरणका बाँका काम सचिवालयले नै टुंग्याउने भएको छ ।