काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेविसंघ कास्की पोखराका कार्यकर्तालाई प्रहरी, प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महरसहित उपसभापति नवीन राईलगायत सात जनालाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए। सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँच जना पक्राउ परेका छन्। उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन्।