हेटौँडा । दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उनले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु(याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउँथे ।


ADVERTISEMENT


काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘त्यसताका सुनको प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’ जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’ त्यसबेला तराई र काठमाडौं जोड्ने मोटरबाटो बनेको थिएन । भीमफेदीसम्म गाडी गुडाएर ल्याउँथे, मोटरबाटो नभएकाले भरिया लगाएर थानकोटसम्म पुर्याइन्थ्यो ।


ADVERTISEMENT

# # #


१६ वर्षको उमेरमा गाडी बोक्ने काम थाल्नुभएका वाइबाले ३० वर्षको उमेर पुगेपछि मात्र गाडी चढ्नुभयो । गाडी बोक्ने काम गर्दा नाइकेले दिएको पैसाले नधानेर घरबाटै सामान बोकेर खानुपर्ने बाध्याता परेको पनि उनी यतिखेर सम्झन्छन् । मकवानपुरको थाहा नगरपालिका, ५ स्थित तस्सरका बासिन्दा वाइबाको बाइरोडको बाटो भनिने त्रिभुवन राजपथ निर्माण भएसँगै २००८ सालबाट गाडी बोक्ने काममा पूर्णबिराम लाग्यो ।