काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तत्वयमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल-अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन्।


ADVERTISEMENT


भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अर्थ्याएका थिए।


ADVERTISEMENT

# # #


ओलीले बुधबार बिहान बालुवाटारमा संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीं (राष्ट्रपति) ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो। स्लिप भएपछि भयो। दुई-तीन शब्द बढी गएको हो।’