इलाम ।  १ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ। तर आर्थिक वर्ष सकिन करिब ५ महिना रहँदा नगरपालिकालाई यी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, ठेक्काप्रक्रिया र बजेट कार्यान्वयन कहिले हुने हो भन्ने केही जानकारी छैन।


ADVERTISEMENT


‘नगरपालिका भित्रका सडक, भवन, खानेपानीलगायत झन्डै डेढ दर्जन आयोजनालाई चालू वर्षभित्र सवा ३ करोड रकम आउने सुनेका छौं,’ मेयर महेश बस्नेत भन्छन्, ‘तर न कुनै आयोजनाको अहिलेसम्म डिपिआर ९विस्तृत आयोजना अध्ययन प्रतिवेदन० तयार भएको छ न त टेन्डर आह्वान नै, आयोजना कसले सञ्चालन गर्ने भन्नेसम्म थाहा छैन।’


ADVERTISEMENT

# # #


इलाम नगरपालिकाले चैत मसान्तपछि कुनै पनि आयोजनाको सम्झौता नगर्ने निर्णय गरिसकेको छ। तर चालू आर्थिक वर्ष सकिन करिब ५ महिनामात्र बाँकी रहँदा प्रदेश सरकारबाट १६ आयोजनाबारे कुनै खबर नभएपछि अन्योल भएको मेयर बस्नेत बताउँछन्। ‘यी आयोजना प्रदेशले आफैं सञ्चालन गर्ने हो या नगरपालिकाले भन्नेसम्म स्पष्ट भएन,’ बस्नेतले भने, ‘कमसेकम यी आयोजनाको काम समयमै गर्न पाए बजेट सदुपयोगसम्म हुन्थ्यो।’