काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको साबिक विजेता म्यानचेस्टर सिटी फेरि शीर्षस्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


लिग अन्तर्गत बुधबार राति भएको खेलमा एभर्टनमाथि २–० को जित निकाल्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।


ADVERTISEMENT

# # #


अवे मैदानमा भएको खेलमा सिटीको जितमा एमरिक लापोर्त र गाब्रिएल जिससले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा लापोर्तले गोल गरेर सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

जिससले खेलको अन्तिम अर्थात इन्जुरी समयको सातौँ मिनेटमा गोल गर्दै टिमलाई २–० को जित दिलाएका हुन् । हप्ता दिनअघि लिभरपुलभन्दा पाँच अंकले पछि रहेको म्यानचेस्टर सिटीले जितपछि लिभरपुलसँग अंक बराबरी गरेको छ ।

बराबरी अंक भए पनि गोल अन्तरका आधारमा सिटी शीर्षस्थानमा फर्किएको छ । उसको २६ खेलबाट ६२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान ६२ अंक छ ।