काठमाडौं । बलिउड सुपरस्टार सलमान खान बिहेको प्रश्नलाई लिएर सधैँ चर्चामा आइरहन्छन् । ५० वर्ष कटिसकेका उनले किन विवाह गरेका छैनन् ? हरकोहीले सोध्ने प्रश्न हो यो । जब यो प्रश्नको सामना गर्नुपर्छ, सलमान विभिन्न बहाना बनाएर टारिदिन्छन् ।


ADVERTISEMENT


अहिले फेरि उनको विवाहलाई लिएर चर्चा चलेको छ । खबरअनुसार सलमान आफ्नो फिल्म ‘भारत’मा विवाह गर्न गइरहेका छन्, त्यो पनि पूर्वप्रेमिका क्याट्रिना कैफसँग । बताइएअनुसार फिल्ममा सलमान र क्याट्रिनाको विवाहको एउटा सिन हुनेछ । । सो सिन केही दिनमै खिच्न लागिएको छ । विवाहमा एउटा गीत पनि हुनेछ ।


ADVERTISEMENT

# # #


सो गीतको कोरियोग्राफी वैभवी मार्चेन्टले गर्दै छन् । इदको अवसरमा रिलिज हुने भारतमा सलमानसँग क्याट्रिना मुख्य भूमिकामा छिन् । केही दिन पहिले फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो । अली अब्बास जफरले निर्देशन गरेको भारतको टिजर दर्शकले मन पराएका छन् ।