काठमाडौं । देशभरका सरकारी चिकित्सकलाई काठमाडौं डाकिएको छ।


ADVERTISEMENT


सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो।


ADVERTISEMENT

# # #


देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन्।

समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको हो।

संघ र स्वास्थ्य मन्त्रालयबीच गत २९ पुसमा सहमति भए पनि सरकारले कार्यान्वयनमा वास्ता नगरेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए।

समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा सरकार मौन देखिएको भन्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत सरकारी चिकित्सलाई काठमाडौं आउन आग्रह गरिएको संघका अध्यक्ष पाण्डेले बताए।

सहमति कार्यान्वयन हुन नसके प्रदेश तथा स्थानीय तहमा समायोजन भएका चिकित्सकको उच्च अध्ययन, तालिम, वृत्ति विकासमा असर पर्ने संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै, चिकित्सकलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा बढुवामा गम्भीर असर पर्ने सरकारी चिकित्सक संघले जनाएको छ ।