दाङ । दाङको मुसोटमा बिहीबार बेलुकी भएको बस दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने प्रदेश साम्सद उत्तरकुमा र वलीसहित एक दर्जन बढी घाइते भएका छन् ।


ADVERTISEMENT


दाङको घोराही–लमही सडक खण्डमा अहिले बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिला मुसिकोट(२ रुकुमकी २६ वर्षीया रमिता शर्मा रहेको दाङ प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए।


ADVERTISEMENT

# # #


दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् । सांसद उत्तर कुमार वलीको अवस्था नाजुक रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई काठमाण्डौ लेजाने तयारीसहित नेपालगञ्ज रिफर गरिएको छ ।

दाङको तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर दुर्घटना भएको थियो ।