काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले भूतपूर्व गोर्खा सैनिकहरुमाथि बेलायत सरकारले गरिरहेको विभेद अन्त्यको पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले गोर्खा सैनिकको समस्या समधानका लागि सरकारले तत्काल उच्चस्तरीय वार्ता समितिमार्फत बेलायत सरकारसँग पहल सुरु गर्न ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले वार्ता समिति बनाएर वार्ता गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराए । उनले न्यायका लागि गोर्खा सैनिकको आन्दोलनका कारण उनीहरुका केही समस्या सुल्झिए पनि पेन्सनसहितका सुविधामा अझै पनि ९ सय प्रतिशतसम्म विभेद रहेको सुनाए ।

बेलायती सेनामा अन्यायमा परेका १९९३ अघि भर्ती भएका र १९९७ जुलाईअघि सेवानिवृत्त भएकाहरुको बारेमा के गर्ने भनेर बेलायतस्थित नेपाली दूतावास, बेलायतको रक्षा मन्त्रालय र आन्दोलनरत भूपू ब्रिटिश सैनिक संगठनले गठन गरेको कार्यदलले सन् २०१८ मार्चमा प्रतिवेदन दिएको भन्दै त्यस अनुसार समस्या समाधानका लागि दुई देशको उच्च स्तरीय वार्ता कमिटी आवश्यक परेको भट्टराईले बताए ।

२२ मार्च २०१८ मा बेलायती रक्षामन्त्रालयमा विशेष कार्यक्रबीच नेपाल सरकारका तर्फबाट बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरलाई बुझाएको थियो ।