काठमाडौं – कामना सेवा विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवाका कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौताअनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाबाट सहज रुपमा नेपाल लाइफ इन्स्योरेन्सका जीवन बीमा पोलिसि खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशको विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।