राजविराज– प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गरे ।


ADVERTISEMENT


सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उनले जानकारी पनि लिएका थिए ।


ADVERTISEMENT

# # #


गृहमन्त्री, गृह सचिव र सप्तरी जिल्लालाई प्रतिनिधित्व गर्ने साँसदहरु लगायत बिपत ब्यवस्थापनको टोली सहित प्रधानमन्त्री देउवा प्रभाबित क्षेत्रमा पुगेका छन् ।

प्रधानमन्त्री लोहजारा गाविसस्थित भेडिया मन्ठ लगायत मैनाकडेरी, रघुनाथपुर लगायतका बाढी प्रभाबित ठाउँहरुको स्थलगत अवलोकन गर्दैछन्।

केहि दिन यता अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी पसेको छ । धेरै व्यक्ति जोखिममा रहेका छन् ।

प्रधानमन्त्री देउवासँगै उपप्रधान तथा गृहमन्त्री जनार्दन शर्मा पनि थिए ।