काठमाडौं – प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय ऐकेन्द्र शाही छन् ।


ADVERTISEMENT


महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीसहित घोडाघोडी नगरपालिका-६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गरेका छन् ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । उनीहरुले हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं–२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नं. १०३ मा बसेका थिए ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।