काठमाडौँ– धनगढीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा गत वर्षको उपविजेता काठमाडौँ गोल्डेन्सले डिफेण्डिङ च्याम्पियन तथा घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


फाप्ला मैदानमा टस हारेर ब्यािटङ थालेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनायो । १३३ रनको चुनौति पच्छ्याएको काठमाडौँले १९.५ ओभरमा ६ विकेट गुमाउँदै जित लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँलाई जित दिलाउने क्रममा अंकित अब्दासले सर्वाधिक २९ रन बनाए । २३ बलमा उनले दुई चौका र दुई छक्का प्रहार गरे । यस्तै गौरब तोमारले २४ बलमा ३ चौका र दुई छक्काको मदतमा २८ रन जोड्दा अनिल कुमार शाहले ४० बलमा २४ रन बनाए ।

विक्रम भुषालले १० बलमा २ छक्काको मदतमा नटआउट १४ रन बनाउँदा मेहवुब आलम पनि १० बलमा १२ रन हानेर अविजित रहे । धनगढीका लागि रोहन मुस्ताफाले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २७ रन खर्चिएर चार विकेट चट्काए । यस्तै अमिर हायात र विपिन खत्रीले समान १/१ विकेट लिए ।

यसअघि धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीको तर्फबाट अमित श्रेष्ठले सर्वाधिक ५० रन बनाए । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५० बलमा ४ चौका र २ छक्का हो । यस्तै सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए।

बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए।