काठमाडौं – नेपालका युवा खेलाडी सोमपाल कामीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा २२ स्थान सुधार गरेका छन् ।


ADVERTISEMENT


यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् । यो उनको करिअरकै सबैभन्दा राम्रो उपलब्धी हो । सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा छन् । त्यस्तै, आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि वरियतामा ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । उनले पारसले ७६ रेटिङ अंक पाउँदै ४० स्थानमा पुगेका हुन् । ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत रहेका छन् ।