कैलाली– धनगढी नजिकैको जंगलमा गोली चलेको छ । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।


ADVERTISEMENT


जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।


ADVERTISEMENT

# # #


हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो ।

प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको कैलाली प्रहरी प्रमुख आभुषण तिम्सेनाले जानकारी दिए । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते दमाईको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।