काठमाडौँ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको अन्तर्गत बुधबार भएको पहिलो काठमाण्डौ गोल्डेन्स विजयी भएको छ । काठमाडौँले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको हो । काठमाडौँले लगातार दोस्रो जित निकाल्दा महेन्द्रनगरले दोस्रो हार ब्यहोरेको छ ।


ADVERTISEMENT


फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । १३५ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२७ रनमा समिति भयो ।


ADVERTISEMENT

# # #


महेन्द्रनगरले खराब सुरुवात गर्दै मात्र ७ रनको योगफलमा २ विकेट गुमाएको थियो । त्यसपछि पनि महेन्द्रनगरको लगातार विकेट गुम्यो । उसका लागि कप्तान शरद भेषावकरले २३ रन बनाए । उनले २४ बलमा ३ चौका प्रहार गरे ।

आरिफ शेखले १८, आनन्द सुप्रिभनम १५ र रोहित पौडेलले १० रन जोडे कुशल मल्लले ६ रन बनाउँदा नवौ नम्बरमा आएका अमरसिंह रउटेला २८ रनमा अविजित रहे । यस्तै

यता काठमाडौँका लागि रासिद खानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १७ रन खर्चिएर ३ विकेट चट्काए । यस्तै अंकित दबासले २ विकेट लिँदा योगेन्द्र सिंह कार्की, ललित नारायण राजवंशी र नन्दन यादवले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि काठमाडौंका अंकितले ५५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाउँदा योगेन्द्र सिंह कार्कीले अबिजित २२ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले १४ रन जोड्दा मेहबुब आलमले १३, अनिल साहले ६ तथा गौरब तमोर र सोनु तामाङ १ रनमा पभेलियन फर्किए । महेन्द्रनगर युनाइटेडका अमर रौटेलाले २, मोहमद नाभिद, अभिनास बोहोरा र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।

१ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ११ जोडेको छ ।

धनगढी प्रिमिएर लिग क्रिकेटमा काठमाडौंले यसअघि पहिलो खेलमा धनगढी स्टारर्समाथि जित निकालेको थियो भने महेन्द्रनगर युनाइटेडले रुपेन्देही च्यालेन्जर्ससँग पराजित भएको थियो ।