काठमाडौं – नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’मा समावेश गीत ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक यस गीतको भिडियोमा भुवन केसी, निरुता सिंह र अनमोल केसी देखिएका छन् ।


ADVERTISEMENT


यसडी योगी र सुशान्त गौतमको संगीतमा रहेको गीतमा मेलिना राई र एसडी योगीले स्वर दिएका छन् ।


ADVERTISEMENT

# # #


यही १७ गतेबाट रिलिजमा हुने फिल्ममा अनमोल केसी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्शन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसै फिल्मबाट उपाशना सिंह ठकुरी र प्रियंका एमबीले पनि आ–आफ्नो फिल्मी करियर सुरु गरेका छन् ।

फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन्, भने भुवन केसीले निर्माण गरेका हुन् ।