काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल हुनेछ । भातृ संगठन एकताका विषयमा देखिएको विवादमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।


ADVERTISEMENT


पार्टी एकता प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैँले प्रस्ताव तयार गरेर एकता प्रक्रिया टुंग्याउने तयारी थालेसँगै सचिवालय बैठक बसेको हो ।


ADVERTISEMENT

# # #


तल्लो तह र जनवर्गीय संगठनको एकताबारे दुई अध्यक्षबीच आइतबार पनि छलफल भएको थियो। छलफलपछि सोमबार सचिवालय बैठक बसेको हो ।